वीरगन्ज । सखुवाप्रसैनी गाउँपालिका पर्साको गाउँपालिका भवनको शिलान्यास गाउँपालिका उपाध्यक्षद्वारा भुमी पुजा सम्पन्न भएको छ।
सखुवाप्रसौनी गाउँपालिका वडा २ औराहा पन्चगावाको दिपनरायण आदर्श माध्यमिक बिधालयको नाममा रहेको सर्वजनिक जग्गामा गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी थरुनीको अध्यक्ष्तामा र सर्वदलीयको उपस्थितिमा गाउँपालिका भवनको शिलान्यास गरिएको हो।
शिलान्यास कार्यक्रममा वडा १ का अध्यक्ष बिश्वनाथ पटवारी,वडा २ का अध्यक्ष नियाज मिया,वडा ४ का जुमन मिया,वडा ६ काअध्यक्ष लाल बाबू यादव, वडा सदस्य पारस चौधरी, वडा २ का सदस्य ईन्द्रदेव महतो,नेपाली काङ्ग्रेसका गाउँपालिका सभापती जयराम महतो,नेपाल कम्युनिस्ट एमालका बाशु देव महतो,यस्वन्त यादव ,शैलेन्द्र यादव,नीर गिरी,भागवत चौधरी,माओवादी केन्द्रका लालबिहरी राम,रा.प्र.पा.का चन्द्रीका सहनी,भलबलादमीहारु स्थानिवासीहरु लगायत को उपस्थितिमा गा.पा.भवनको शिलान्यास कार्यक्रम बिहान आठ बजे सम्पन्न भएको शिव नाथ थारुले जनाएका हुन।







