Categories समाचार समाज

सरिस्वा नदि प्रदुषण मुक्त अभियानद्वारा महानगर अगाडी धर्ना

Advertisement

पर्सा । सरिस्वा नदि प्रदुषण मुक्त अभियानद्वारा सोमबार वीरगञ्ज महानगरपालिकाको कार्यालय अगाडी गरिएको २ घण्टा धर्ना तथा महानगरपालिलाई नरकबाट बचाउन ध्यानाकर्षणका लागि दबाब मुलक कार्यक्रम गरिएको बताईएको छ ।

वीरगञ्ज महानगरपालिका अब महानरकपालिमा परिणत हुनबाट जोगाउनु पर्ने अभियानका संयोजक अधिवक्ता सरेन्द्र कुर्मीले बताएका छन्।

Advertisement

धर्ना तथा प्रदर्शनमा अभियानका सदस्य बृजेश्वर प्रसाद चौधरीले अभियानको १० बुदे माग सुनवाई नभए सम्म आन्दोलन जारी रहने जानकारी दिनु भयो । लगातार तिन वर्ष सम्म पनि बारम्बार संघर्ष गर्दा समेत सम्बन्धित निकायले कानमा तेल हालेर बसेको अभियानता चौधरीको भनाई छ ।

Advertisement

यता अर्का अभियानता तथा राजनितिकर्मी रम्भा मिश्रले नदिलाई प्रदुषण मुक्त गराउन सधै साथ दिने बताउनु भयो । वहाँले आस्थाको प्रतिकको रुपमा रहेको नदिको प्रदुषण मुक्त नगरे अब महानगर, महानरकमा परिणत हुने बताउनु भयो ।

अभियानका संयोजक अधिवक्ता कुर्मीको अध्यक्षतामा भएको धर्ना प्रदर्शनमा वीरगञ्जका बिभिन्न स्थानको युवाहरुको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *