Rato Pana
समाचार

मुख्यमन्त्री कार्यालय घेराउ गर्ने ३९ जना चुरे अभियानि पक्राउ

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना चुरे अभियानिलाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरूष गरि ३९ जना चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिकास्थित मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरेर बिक्री गरेको विषयमा छानबिनका लागि समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उनीहरू विरोध प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए ।

अभियानका संयोजक सुनिल कुमार यादवले चुरे वन विनास र सिरहा वन कार्यालयको अनियमीतता,मारुती सीमेन्टले कब्जा गरेका जग्गा फिर्ति र मधेशका भुमीहिनहरुलाई भुमीप्रतिको अधिकार दिने भनेर पटक पटक गरेको प्रतिवद्धता कार्यान्वय नगरेकोले आफूहरू आन्दोलनमा उत्रेको बताए ।

उनले ९ दिने आमरण अनसनको क्रममा पनि मधेस प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवको अगुवाईमा छानवीन समिति गठन गरेर एक महिना भित्र छानवीन प्रतिवेदन सार्वजनिक गर्ने सहमती जनाएपनि ६ महिना बित्दा समेत छानवीन प्रतिवेदन सार्वजनिक गर्न नसक्नु मधेश सरकारको असक्षमता रहेको बताए ।

पटक पटक शान्तिपुर्ण आन्दोलन गर्ने देखि लिएर आमरण अनसनमा समेत बसेपनि प्रदेश सरकारले आफैले गरेको प्रतिवद्धतालाई पुरा गर्न आनकानी गर्दै आएको तथा पटक पटक ज्ञापनपत्र बुझाएपनी कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरू मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेको यादवले बताए ।

मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबिच झडपसमेत भएको थियो ।

निषेधित क्षेत्रमा जुलुस, बन्द, हडताल तथा नाराबाजी गर्न नमिल्ने भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

स्थानीय रेल्वे स्टेशनबाट जुलुससहित नरावाजी गर्दै चुरे तथा वनजङ्गल अभियन्ताहरू मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए

सम्वन्धित समाचार

Leave a Comment