Categories समाचार

पर्साबाट २७ दलले निर्वाचनमा भाग लिने, कुन जिल्लामा कति ?

Advertisement

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्साबाट २७ दलले निर्वाचनमा भाग लिने भएका छन् । सोमबार आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा राष्ट्रिय दल बाहेक ४० दलले निर्वाचनमा भाग लिने जानकारी दिनुभयो । राष्ट्रिय छ दलसहित काठमाडौंमा ४६ दलले निर्वाचनमा भाग लिने भएका हुन् ।

यसैगरी, सबैभन्दा कम दल मनाङ र मुस्ताङमा रहेका छन् । प्रवक्ता पौडेलका अनुसार मनाङ र मुस्ताङमा राष्ट्रिय दलबाहेक पाँच/पाँच दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन् ।

Advertisement

आयोगले राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ । तीमध्ये ताप्लेजुङमा नौ, पाँचथरमा आठ, इलाममा ११, सङ्खुवासभामा ११ तेह्रथुममा नौ, धनकुटा १२, भोजपुर १० खोटाङ १३, सोलुखुम्बु १३, ओखलढुङ्गा १३, उदयपुर २२, झापा ३०, मोरङ ३३, सुनसरी ३२, सप्तरी २८, सिरहा २६, धनुषा २६, महोत्तर २०, सर्लाही २९, रौतहट ३०, बारा २९ र पर्सा २७ दलले निर्वाचनमा भाग लिने जानकारी उहाँले दिनुभयो ।

Advertisement

यसैगरी, दोलखा १६, रामेछाप १८, सिन्धुली २०, काभ्रेपलाञ्चोक २४, सिन्धुपाल्चोक १९, रसुवा १२, नुवाकोट २२, धादिङ २१, चितवन २८, मकवानपुर २४, भक्तपुर २८, ललितपुर ३१, काठमाडौं ४०, गोरखा १८, लमजुङ १२, तनहुँ १७, कास्की २५, मनाङ पाँच, मुस्ताङ पाँच, पर्वत १४, स्याङ्जा १३, म्यादी १४, बागलुङ १३, नवलपरासी (पूर्व) १६, नवरपरासी (पश्चिमं) २१, रुपन्देही ३२, कपिलवस्तु २१ र पाल्पा नौ दलले निर्वाचनमा भाग लिँदै छन् ।

अर्घखाँची ११, गुल्मी ११, रुकुम (पूर्व) सात, रोल्पा सात, प्यूठान नौ, दाङ २१, बाँके २३, बर्दिया २०, रुकुम (पश्चिम) सात, सल्यान सात, डोल्पा पाँच, जुम्ला आठ, मुगु नौ, हुम्ला नौ, कालिकोट १४, जाजरकोट सात, दैलेख आठ, सुर्खेत १९, बाजुरा नौ, बझाङ सात, डोटी नौ, अछाम १०, दार्चुला १०, बैटडी १०, डडेलधुल्ला १०, काञ्चनपुर १९ र कैलाली २३ दल रहेका छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *