Rato Pana
समाचार

जगरनाथपुर गाँपाले अनुदानको रकम हिनामिना गरेको भन्दै अख्तियारद्वारा छापा

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । कोरोनाबाट प्रभावित विपन्न परिवारका लागि नेपाल सरकारबाट प्राप्त अनुदान रकममा हिनामिना भएको सूचनाको आधारमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडास्थितको टोलीले मंगलबार गाउँपालिका कार्यालयमा छापा हानेको हो ।

कोरोना प्रभावित विपन्न परिवारको लागि अढाई महिना अघि नेपाल सरकारले ५ लाख परिवारको लागि अनुदान रकम निकाशा गरेको थियो । सोही क्रममा प्राप्त अनुदान एक रुपैया पनि वितरण नगरी पर्साको जगरनाथपुर गाउँपालिकाले ८ सय ८० विपन्नलाई ८८ लाख बाँडेको रिपोर्ट बनाएको सूचना बाहिरिएपछि अनुसन्धानको लागि अख्तियारको टोली पालिकाको कागज–पत्र नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान अयोग हेटौडाका सूचना अधिकारी उप–सचिव विष्णु प्र. सापकोटाले जानकारी दिए ।

कोरोनाबाट प्रभावित विपन्न परिवारको लागि नेपाल सरकारले निकाशा गरेको रकमलाई जगरनाथपुर गाउँपालिकाले नियम विपरित अन्यत्र खर्च गरेको पाइएको छ । एउटा परिवारलाई पनि अनुदानको रकम नदिई गाउँपालिकाले आठ सय ८० विपन्नलाई ८८ लाख बाँडेको रिपोर्ट बनाएको थियो । अनुदानले शिक्षकलाई तलब खुवाउनुका साथै २४ लाख रुपैयाँ व्यक्तिलाई सापटीसमेत दिएको पाइएको छ ।

कागजी रिपोर्ट अनुसार कोरोना प्रभावित विपन्नलाई पूरै रकम वितरण गर्ने चार स्थानीय तहमा जगरनाथपुर गाउँपालिका पनि पर्छ । उसले आठ सय ८० विपन्नलाई ८८ लाख वितरण गरेको भनेर केन्द्रमा रिपोर्ट पेस गरेको छ । तर, यथार्थमा उक्त अनुदानले शिक्षकलाई तलब खुवाएको र व्यक्तिगत प्रयोजनमा समेत खर्च भएको भेटिएको छ । न्युज 24

सम्वन्धित समाचार

Leave a Comment