Categories समाचार

२० वर्षको सजाय पाएका पटेल साढे ७ वर्ष पछि पक्राउ ।

वीरगन्ज : बम विस्फोट र कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय पाएका एक व्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ। उनी साढे ७ वर्षदेखि फरार थिए।  पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगर घर भएका ४० वर्षीय रवीन्द्र पटेल हुन्। 

२०६४ भदौ ९ गते पर्साको साविकको महुवन गाविस  वडा नम्बर ३ र हालको सखुवा प्रसौनी गाउँपालिका ५ घर भएका ४५ वर्षीय कुचन साह कानुलाई पटेलले गोली हानी हत्या गरेका थिए । कानुको हत्या गरेको आरोपमा पर्सा जिल्ला अदालतले २०७१ असार १७ गते कर्तव्य ज्यान मुद्दामा पटेललाई दोषी ठहर गर्दै १९ वर्ष ११ महिना २२ दिनको कैद सजाय सुनाएको थियो ।

Advertisement

अदालतको फैसला लगत्तै फरार रहेका पटेललाई  प्रहरीले वीरगन्ज महानगरपालिका–१४ गण्डकबाट बिहीबार पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पटेल २०६५ साल असोज ३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कर्मचारी मोहन मैनालीको हत्यामा पनि सलंग्न रहेको खुलेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

Advertisement

यस्तै २०६६ साल जेठ १३ गते प्रो–बायोटेक प्रालि उद्योगमा कार्यरत प्रशासकीय अधिकृत सोचन प्रसाद यादव माथि भएको बम घटनामा पनि पटेलको संलग्नता रहेको खुलेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । पक्राउ परेका पटेललाइ जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानका लागि वीरगन्ज कारागारमा पठाइएको खनालले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *