Categories समाचार

हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा ।

वीरगञ्ज। पर्सा प्रहरीले भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ।

प्रज्ञापन पत्र विनाको हार्डवेयर तथा बिभिन्न किसिमका लत्ताकपडाहरू लोड गरी काठमाण्डौ तर्फ लादै गरेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले हिजो (बुधबार) अन्दाजी २३:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर स्थित सडकखण्डमा ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै मालसामान फेला परेपछि ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा लत्ताकपडाहरू फेला परेको उक्त ट्रक नियन्त्रणमा लिई रू.१,२०,००,०००।– ( एक करोड बीस लाख ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज (बिहीबार ) राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको समेत पर्सा प्रहरीले बताएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *