Categories समाचार समाज

उदयपुरघुर्मीमा तीस दिने व्युटिसियन तथा महिला सशक्तिकरण् तालिम सम्पन्न

Advertisement


अन्जु कुमारी

पर्सा । वीरगंज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीमा तीस दिने व्युटिसियन तालिम सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको वडा नम्बर २७ उदयपुरघुर्मीको सहयोगमा डिजिटल एजुकेशनले आयोजना गरेको तालिममा गाउँका २० जना महिलाहरुको सहभागीता रहेको थियो ।

Advertisement

वडा नम्बर २७ का वडा अध्यक्ष प्रदीप यादवको प्रमुख आथित्यता तथा एजुकेशनका अमित गुप्ताको अध्यक्षतामा तालिमको समापन गरीएको हो । तालिममा प्रशिक्षक रिमा तुराहाले महिलाहरुलाई प्रशिक्षण दिनुभएको थियो । उक्त तालिम फाल्गुन ८ गतेदेखी चैत्र ११ गतेसम्म संचालन भएको थियो ।

Advertisement

त्यस्तै वीरगंज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मीमा तीन दिने महिला सशक्तिकरण् सम्बन्धि तालिम सम्पन्न भएको छ । एकपटकमा वडाका  ३० जना महिला सहभागी हुने गरी आयोजना गरीएको तालिममा तीन दिनमा गरी ९० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा महिलाहरुलाई महिला हिंसा , दाईजो प्रथा , बालविवाह , सरसफाईका साथै लैगिंक मुलप्रवाहीकरण सम्बन्धि तालिम दिईएको हो ।

वीरगंज महानगरपालिका अन्तगर्तको वडा नम्बर २७ उदयपुरघुर्मीको सहयोगमा डिजिटल एजुकेशनले तालिमको आयोजना गरेको थियो ।  तालिम चैत्र १३ देखी १५ गतेसम्म आयोजना गरीएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *