वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ३ जना चोरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला पर्सा वी.म.न.पा.वडा नं.१५ का १८ वर्षिय संदिप घिमिरे , जिल्ला चितवन भ.म.न.पा.वडा नं.१५ का १९ वर्षिय निशान थापा , जिल्ला काठमाण्डौ, का.म.न.पा.वडा नं.१८ का ३४ वर्षिय कमल गिरी रहेका छन।
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२७ बस्ने वर्ष २४ का मुन्ना अन्सारीको प्रदेश २-०३-००२ प ५९३७ नम्बरको कालो रातो होण्डा साईन मोटरसाईकल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्क स्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको थियोे ।
ग्यारेजको ताल्चा फुटाई लक तोडी चोरी गरी भागेकोमा तत्काल चेकिङ ड्युटीमा खटिएको टोलीले उक्त ग्यारेज भन्दा १०० मिटर दक्षिण सडकबाट मानिस, मोटरसाइकल , चोरीमा प्रयोग भएका रिञ्च तथा साँचो समेत नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।







