Categories समाचार

खाइपाई आएको कमिसन कटौति गरेको भन्दै पेट्रोलियम पदार्थको बिक्री वितरण पूर्ण रुपमा बन्द गर्ने

Advertisement

काठमाडौं । शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् ।

नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका हुन् । 

Advertisement

निगमको निर्णयविरुद्ध गत चैत ६ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका व्यवसायी डिलरहरूले भोलि अर्थात् चैत १८ गते कुनै पनि पेट्रोलियम पदार्थको ट्याङ्कर लोड÷अनलोड नगर्ने र निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने जनाएको छन् ।

Advertisement

यति गर्दा पनि माग सुनुवाई नभए चैत २० गतेबाट मुलुकभर एल.पी ग्याँस उद्योग र ग्याँस बिक्रेताहरूले सम्पूर्ण रुपमा आन्दोलन केन्द्रित गर्दै कुनै पनि डिलरबाट ग्याँस बिक्री वितरण नगर्ने चेतावनी दिएको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *