Categories विदेश समाचार

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।  प्रधानमन्त्री देउवा भारतीय समयअनुसार आज दिउँसो १ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । 

देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय समयअनुसार आज दिउँसो ४ बजेर ३० मिनेटमा होटल आइटीसी मौर्यमा भेटवार्ता गर्ने छन् ।  शनिबार देउवाले विहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । र हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदान र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ । 

Advertisement

सोहीदिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।  आइतबार ९ बजे देउवा वाराणसी पुग्ने छन् भने त्यहाँ कार्यक्रममा सहभागी हुने छन् । वाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कने छन् । 

भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौंका लागि फर्कने कार्यतालिका रहेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *