Categories समाचार

मतपत्र छपाई सुरु, १ सय ५० सेना परिचालन

Advertisement

काठमाडौं । जनक शिक्षा लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्ते छपाई शुरू भएको हो।

केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले सम्भौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिदै केन्द्रको क्षमता देखाउन आग्रह गर्नुभएको थियो। त्यस क्रममा केन्द्रका महाप्रबन्धक अनिलकुमार भाले आयोग र सरकारको निर्देशनअनुसार काम गर्ने बताएका थिए ।

Advertisement

दिउँसो करिब २ बजे केन्द्र पुगेको आयोगका पदाधिकारीसहितको टोली करिब आधा घण्टासम्म केन्द्रको छापाखाना, बन्दोबस्तीको अवस्था, कागज, मसी र अन्य कच्चा पदार्थको अवस्थालगायतको बारेमा जानकारी लिएका थिए। केन्द्रले वैशाख २० गतेभित्र करिब २ करोड मतपत्र छपाइ र प्याकिङ गर्ने जनाएको छ।

Advertisement

मतदान केन्द्रअनुसार फरकफरक प्याकिङ गरी प्लास्टिकको भोलामा राख्ने व्यवस्था गरेको छ । केन्द्रले छपाइ र प्याकिङको जिम्मा लिएको छ। आयोगले केन्द्रबाटै ढुवानी गर्नेछ। आयोगले उपत्यकाबाहेक अन्य जिल्लामा समयमै मतपत्र पुचाउनेछ। यसअघि नियमित पत्रकार सम्मेलनका क्रममा आयोगले अति दुर्गम क्षेत्रमा हवाईमार्गबाट मतपत्र ढुवानी गर्ने जनाएको थियो।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *