Categories समाचार

रास्ट्रिय हरवा चरवा अधिकार मंच र दलित प्रदेश सभा मंच बीच अन्तरक्रिया सम्पन्न

Advertisement

पर्सा । रास्ट्रिय हरवा चरवा अधिकार मंच र दलित प्रदेश सभा मंच बीच अन्तरक्रिया सम्पन्न भएको छ ।

जनकपुरको होटेल वेलकममा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य एवं मधेस प्रदेश सभा सदस्य रबिन्द्र बैठाले मधेस प्रदेशमा बिधमान रहेको हरवा चरवाको अवस्था दैनिय रहेको ले तिनीहरु ब्यवस्थापनको लागि आफू प्रदेश सभामा जोडदार अवाज उठाउने प्रतिबद्धता जनाउनु भयो ।

Advertisement

सान्सद बैठाले अधिकत्म हरवा चरवा दलित समुदाय नै भएको बताउदै दलित कल्सटर जस्तै हरवा चरवा कल्सटर बनाएर इनिहरु बृती बिकासमा राज्यले योग्दान गर्नु पर्ने बताउनु भयो ।

Advertisement

सोही अन्तरक्रियामा एकीकृत समाजबादी मधेस प्रदेश सभाका प्रमुख सचेतक सुन्दर बिशवकर्माले दलित समुदायको लागि ल्याइएको जनता अवास जस्तै हरवा चरवा आवास आयोजना ल्याइ हरवा चरवाहरुको आवासको समस्या समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।

रास्ट्रिय हरवा चरवा अधिकार मंचका अध्यक्ष दर्शन मन्डलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा महासचिव लगेन्द्र सदा , रास्ट्रिय दलित नेटवोर्कका टिम लिडर हुकुम सार्की , जन वकालत अधिकृतहरु रुपनरायन पासवान , सन्जय महरा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

अन्तरक्रिया पछि मंचका पदाधिकारीहरु प्रदेस सान्सद रबिन्द्र बैठा , सुन्दर बिशवकर्मालाई आफ्ना समस्याहरू समाधानको लागि प्रदेश सभामा उठाइ दिनको लागि ज्ञ्याप्न पत्र बुझएका थिए ।
त्यसै गरि हरवा चरवा अधिकार मंचको एक टोलिले मधेस प्रदेसको भुमी ब्यवस्था तथा कृषि मन्त्रालय संग समेत सम्बाद गरेको रास्ट्रिय दलित नेटवोर्कका जनवकालत अधिकृत सन्जय महराले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *