Categories समाचार

स्रोत नखुलेको ७ लाख ९१ हजार रुपैया सहित दास नियन्त्रणमा ।

महोत्तरी । स्रोत नखुलेको ७ लाख ९१ हजार नेपाली रुपैया सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिति २०७८।१२।१६ गते अ.१४:०० बजेको समयमा जिल्ला महोत्तरी सम्सी गा.पा वडा नं.०६ स्थित सडकमा भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको जिल्ला महोत्तरी औरही न.पा वडा नं. ५ बस्ने राम श्रेष्ठ दासको छोरा वर्ष २० को विरेन्द्र कुमार दास पक्राउ परेका हुन।

Advertisement

प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निज बिरेन्द्र कुमार दासको साथवाट श्रोत नखुलेको नेपाली रु.७,९१,०००/- ( सात लाख एकानब्बे हजार) बरामद गरी आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय, मलिवारामा दाखिला गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *