Categories समाचार

ओली मधेश बिरोधी हो भनेर हल्ला चलाइयो : अध्यक्ष ओली

Advertisement

वीरगन्ज। नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले करिब ६० वर्षदेखि मधेशको बासिन्दालाई नै केहि स्वार्थीहरुले मधेश बिरोधीको रुपमा हल्ला फिजाएको बताउनुभएको छ । उहाँले मधेशको विकासका लागि सँधै गम्भीर रहेको आफूलाई मधेस विरोधीको आरोप लगाउँदै केही फरक नपर्ने बताउनुभयो आज वीरगन्जमा आयोजित वृहत पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा बोल्दै व्यक्तिगत लाभका केपी ओली मधेश बिरोधी हो भनेर हल्ला चलाइएको बताउनुभयो ।

उहाँले भैँसीको पिठ्युमा कसरी बसिन्छ मलाई थाहा छ, खोलाबाट पैनी खनेर कसरी खेतमा पुर्याउनुपर्छ मलाई थाहा छ, ‘हवाईमैदान बनाउने हुलाकी राजमार्ग बनाउने खानेपानीका ओभरहेड टयाकी, सबै ठाँउमा इन्टरनेट पुर्याउने केपी ओली अनि ओलीाई मधेश बिरोधी भन्ने ? एमालेको सरकार रहेको समयमा मधेशको ढल्केबर जनकपुर सडक बनाए, राईका खेतमा सिँचाइ गर्ने मरिन सुनकोशी डाइभर्सन योजना सुरू गरेको काम भईरहेको बताउनुभयो ।

Advertisement

उहाँले लोडसेडिङ हटायौ अहिले तिनै मान्छे ४ रुपैयामा भारतलाई बिजुली बेच्छन र ३८ रुपैयामा भारतसंग किन्ने गरेको बताउनुभयो । अध्यक्ष ओलीले अर्थतन्त्र ध्वस्त हुदैछ, हिजो मात्र राष्ट्रबैकले बिभिन्न आदेश जारी गरेको छ, व्यापारीले कुनै सामान आयात गर्नुपर्यो भने डलर छैन । ‘नेपालमा तरलताको समस्या पैदा भएको छ , लगानी गर्न सकिदैन अहिले देश संकटमा पुगेको बताउनुभयो ।

Advertisement

३ सय ९६ वटा अस्पातल एकै दिन शिलान्यास गरेर काम अघि बढाइएका थियौ ति मध्य अहिलेको सरकारले निर्माण राकेको उहाँले बताउनुभयाने ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *