Categories समाचार समाज

सहयोगीद्वारा कोरोना महामारीमा अग्रपंक्तिमा सेवा गरेकालाई सम्मान

Advertisement

वीरगंज । लायन्स क्लब अफ वीरगंज सहयोगीले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेर सेवा गरेका व्यक्ति तथा संस्थालाई बुधबार सम्मान गरेको छ । 

कोभिड महामारीको जोखिमका बेला ज्यान जोखिममा राखेर भूमिका निर्वाह गरेका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी, पत्रकार र संस्थागत गरी ५५ जनालाई सम्मान प्रदान गरीएको समाजिक कार्यकर्ता किशु सर्राफले जानकारी दिए । कोरोनाले बढि प्रभावित वीरगंजका अग्रपक्तिमा रहेर काम गर्नेहरुलाई सम्मान गरीएको सर्राफले बताए ।

Advertisement

लायन्स क्लब अफ वीरगंज सहयोगीका अध्यक्ष दिलपाल साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नारायणी अस्पताल मेडिकल सुपरिडेन्ट डा. बिरेन्द्र बहादुर प्रधान, नारायणी अस्पतालमा कार्यरत डा. निरज सिंह, डा. उदयनारायण सिंह, डा. राकेश तिवारी, डा. जेपी जयसवाल, डा. सरोज रोसन दास, डा. कृष्णा अधिकारी, डा. हरिशचन्द्र यादव सम्मान पत्रले सम्मान गरिएकाे हाे ।

Advertisement

त्यसैगरी कोरोना महामारीको जोखिमका समयमा जनस्वास्थ्यका विषयमा समाचार तयार पारी सेवा दिए वापत संस्थागत रुपमा कालिका टाईम्स, रातो पाना, पत्रकारद्वय तिवारी यादव र सुर्य बिकलाई पत्रकारितातर्फ सम्मान गरिएकाे आयाेजक संस्थाले जनाएकाे छ ।

यस्तै संस्थागततर्फ नेशनल मेडिकल अस्पताल, स्पर्श मल्टिस्पेशलिटि अस्पताल, तराई अस्पताल, गण्डक अस्पताल, नेपाली सेना, साहिब दरबार संस्था, ग्रीन सिटि सामुदायिक केन्द्र, वीरगंज महानगरपालिका सरसफाई शाखा, भोलेन्टिर समुहलाई सम्मान पत्र प्रदान गरिएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि लायन रमेश अग्रवालले कोरोना महामारीको जोखिमका समयमा खटिएका सबै व्यक्तित्वलाई सम्मान गरेका थिए । उनले सम्मानित व्यक्ति तथा संस्थालाई बधाई अनि शुभकामना दिदै संकटको बेला अग्रभागमा रहेर भूमिका निर्वाह गरेका सबैको सम्मानको रुपमा बुझिदिन अनुरोध गरे ।

वीरगंजकाे विर्तामा रहेकाे नेपाल औषधी व्यवसायी संघको कार्यालयमा भएकाे कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजेशमान सिंह, लायन्स क्लबका बासु तिमिल्सीना, डिएन अग्रवाल, नेपाली सेनाका मेजर कृष्णा अधिकारी लगायतकाले मन्तव्य राखेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *