Categories खेलकुद समाचार

मधेशको धर्तीमा मधेश बिरोधी तत्व पछारिनेछन् : सांसद यादव

Advertisement

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधी सभाका सांसद प्रदीप यादवले मधेशको धर्ताीमा मधेश बिरोधी तत्व पछारिर्ने बताएका छन् ।

वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुरमा संसारीमाई पुजा समितिद्वारा सोमबार आयोजित कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै सांसद यदावले नेकपा एमाले र कांग्रेसलाई निशाना साध्दै आउँदो चुनावमा मधेशी जनताले मधेश बिरोधी तत्वलाई पछारिने बताएका हुन ।

Advertisement

मधेशको शान र संस्कृतिसंग जोडिएको कुस्ती खेललाई जसरी हामीले सदियौंदेखी संरक्षण गर्दै आएका छौ, त्यसरी नै मधेशको प्राप्त अधिकारको संरक्षण गर्न र बाँकी अधिकार प्राप्तीका लागि संघर्ष गर्न मधेश बिरोधी तत्वलाई पर्रास्त गर्नु पर्ने सांसद बताए ।
स्थानीय चुनावलाई दक्षित गर्दै सांसद यादवले वीरगंजका मेयर विजय सरावगीलाई निशाना साध्दै मधेशको नाममा जितेर मधेशी जनतालाई धोखा दिई मधेशी बिरोधी पार्टीहरुको गोद लिएको बताउँदै कुस्तीको दंगल जस्तै पछारिनुपर्ने आग्रह गरे ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद यादवले पूर्खाहरुको पालादेखी निकै लोकप्रिय मानिने लोपन्मुख कुस्ती खेल पछिल्लो समयदेखी युवाहरुको चासो र सक्रियतामा आकर्षणको रुपमा बढ्दै गएको बताउँदै मधेश धर्तीलाई बचाउनका निम्ति पनि युवाहरु आउन आवश्यक रहेको बताए ।

मेला समितिका अध्यक्ष श्रीभगवानको अध्यक्षतामा भएको कुस्ती प्रतियोगित(दंगल) कार्यक्रममा जसपाका स्थानीय नेता राधाकृष्ण रौनियार, भोज महतो, निरन्जन पटेल, शंजय मण्डल, राजन पटेल, ह्दयनारायण कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *