Categories समाचार स्वास्थ्य

टाईफाईड खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

रामकिशोर चौधरी

वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजानामा सोही गाउँपालिकाको वडा ४ देउरबाना टोलको स्वास्थ्य चौकीमा सोमबार टाईफाईड खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

सखुवाप्रसौनी गा.पा.स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले खोप सम्बन्धी कार्यक्रम बारे जानकारी गराएका थिए। कार्यक्रममा गाउँपालिका जनप्रतिनिधिहरु,सञ्चारकर्मी,संस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Advertisement

अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रौनियारले टाइफाइड खोप २०७९/१/४ गते देखि १७ गते सम्म पर्सा जिल्लामा खोप लगाउने अभियान हुदा सखुवाप्रसौनी गाउँपालिकमा बैशाख २०७९/१/११ देखि ०७९/१/१७ गते सम्म १५ महिना देखि १५ बर्ष भित्रका बालबालिकाहरुलाई लगाउने खोप अभियान रहेको रौनियारले कार्यक्रममा बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *