Categories समाचार

पर्सामा लागु औषधसहित दोलखाका शेर्पा पक्राउ


वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध सहित एक जना पक्राउ गरेको छ ।

हिजो अंदाजी १४:१५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्क स्थित बसपार्कबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शंकाष्पद रूपमा पैदल हिंडिरहेका एक व्यक्तिलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा जिल्ला दोलखा जिरी न.पा.७ बस्ने वर्ष २४ का बाङचुङ शेर्पाले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध डाइजापाम १२८ एम्पुल, नुफिन २८ एम्पुल, फेनारगन १२६ एम्पुल र ब्युपरेनोरफेन १०० एम्पुल गरी जम्मा ३८२ एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *