Categories समाचार

मोटरसाइकल चोरी गर्दागर्दै २ जना पक्राउ

Advertisement

वीरगञ्ज । मोटरसाइकल चोरी गर्दागर्दै २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

सोमबार  अंदाजी २२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको जिल्ला रौतहट फतुवा विजयपुर नगरपालिका  वडा नं.१० बस्ने लक्ष्मी चौधरीको ना ३५ प ५९१ नम्बरको १२४.७ सि सि को कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल चोरी भएको थियो ।

Advertisement

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर बस्ने वर्ष २० का ऋषी पासवान र वर्ष १९ का सहिम मिया अन्सारीले मोटरसाइकलको लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा सूचना प्राप्त भई तत्काल प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उक्त मोटरसाइकलसहित निजहरुलाइ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जनाईएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *