Categories समाचार

सही व्यक्तिलाई चुन्न सकेनौ भने बेरोजगारी अँझै बढेर जान्छ : राजेन्द्र लिङ्देन

Advertisement

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले आज एक कार्यक्रम का बिच बिशाल आमसभाको गरेकोछ। आमसभा लाइ सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन ले सही ब्यक्ति र सहि नेतृत्व चुन्न नसकेसम्म जनताका दुःख अन्त्य नहुने बताए । देशको समस्या समाधान गर्नका लागि जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘यदि सही व्यक्तिलाई चुन्न सकेनौ भने बेरोजगारीको समस्या अँझै बढेर जान्छ । जनताका दुःख अन्त्य हुने छैनन ।

अहिले को अवस्था मा सिटामोल पाउन पनि अदालतको आदेश कुनुपर्ने र पैँसा तिरेर पनि आवश्यक परेको बेलामा मल तथा बिउन नपाइने देशमा अरु बिकासको आश गर्न नसकिने अध्यक्ष लिङ्देनको बुझाई छ । सिमित दलका सिमित
व्यक्तिहरुले ३१ वर्षसम्म आफ्नो र आफ्ना आसेपासेको गोजी भर्ने बाहेकका कुनै काम गर्न नसकेको उनको आरोप छ ।

Advertisement

मधेशी शहिदको सहादतपछि मधेशले के पायो भन्दै उनले मधेशबाट प्रतिनीधित्व गर्दै संसदसम्म पुगेर प्रदेशका सत्तामा पुगेपनि मधेशी जनताले कुनै उपलब्धी नभएको बताए ।

Advertisement

त्यस्तै सम्बोधन कै क्रममा नेपाली चलचित्र का नायिका रेखा थापा ले आमसभा लाइ सम्बोधन गर्दै भनिन
मेहनत गरेर उत्पादन गरेको उखुको पैँसा समयमै पाउन नसक्ने अवस्थाको अन्त्यका लागि कसैले पहलकदमी नचालेको उनको भनाई छ । साथै नेपालको सिमाना बचाउन मा तराइ मधेस को ब्यत्किहरु को धेरै भुमिकस रहेको बताइन।
यथास्थितीबाट देशलाई मुक्त गरेर अगाडी लैजाने राप्रपाको राष्ट्रिय अभियानमा हातेमालो गर्न उनले आग्रह गरेकी छिन।

त्यस्तै सम्बोधन कै क्रममा पार्टी का पुर्ब केन्द्रीय अध्यक्ष तथा पुर्व मन्त्री डा. प्रकास चन्द लोहनी ले प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रको नाममा केही तत्वहरुले लुट तन्त्र मच्चाइरहेको आरोप लगाउँदै अमेरिकाका बाट ४० करोड ल्याएको रुपैंया को हिसाब किताब गर्दा अहिले सम्म नदिएको र सम्पत्ति सुदृढीकरण बिभागमा निवेदन समेत दिदा निकास नपाएको ले यो देस को लाज मर्दो काहानी भएको बताए।

त्यस्तै सम्बोधन कै क्रममा पार्टी का केन्द्रिय सदस्य डा.राजेस गिरी ले पहिला शाही सेना को नाम थियो भने अहिले नेपाली सेनाको नाम रहेको बताएका थिए।
त्यस्तै सम्बोधन कै क्रममा पार्टी का केन्द्रिय सदस्य भुवन पाठक ले एमाले, काग्रेस, माओवादी ले देस लाइ बर्बाद पारि सकेको ले देसलाई बचाउन रा प्र पा लाइ मतदान गरी पहिलो पार्टी बनाउन आग्रह गरेका थिए।

उक्त कार्यक्रम मा स्वागत मन्तब्य पार्टी का पुर्ब केन्द्रीय सदस्य तथा पुर्व जिबिस सभापति शम्भु प्रसाद चौरसिया केन्द्रिय सदस्य मिना सुबेदी ले गरेकी थिइन भने उत्क कार्यक्रम शुमेश्वरनाथ उपाध्याय, मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुर को सभापतित्वमा मा भएको कार्यक्रममा पार्टी का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन को प्रमुख अतिथि तथा विशिष्ट अतिथि पार्टी का पुर्ब केन्द्रीय अध्यक्ष डा. प्रकास चन्द लोहनी, पार्टी केन्द्रीय उपाध्यक्ष ध्रुव प्रधान, पार्टी का केन्द्रिय सदस्य रेखा थापा,मिना सुबेदी, पार्टी का मधेस प्रदेश अध्यक्ष भरत गिरी,तथा पार्टी का पर्सा जिल्ला उपाध्यक्ष रामयोधा राउत,अवध किसोर साह,शान्ती केशी पार्टी का कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मि, पार्टी का जिल्ला सचिव पनालाल पटेल, अजय पौडेल, जिल्ला सह सचिव पवन प्रसाद साह,पदन सदस्यहरु, जलेश्वर सरार्फ, योगेन्द्र राउत, शम्भु प्रसाद चौरसिया,रोसन यादव, दिपनारायण यादव, रामबाबु साह, जिल्ला सदस्य उदित सहनी,छठि साह कानु, देवेन्द्र ढुङगाना, महिना यादव लगायतको ब्यत्किहरु को उपस्थिति रहेको थियो

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *