Categories शिक्षा समाचार

जाली रसिद बनाई विद्यार्थीको थेसिस बुझिएको विरुद्ध धरणा तथा ज्ञापनपत्र हस्तान्तरण

पर्सा। फर्जी रसिद प्रकरणमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दै विद्यार्थी नेताहरुले धरणा दिएका छन्। वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनका नेताहरुले धरणा दिनुको साथै ज्ञापन पत्र हस्तान्तरण गरेका हुन्।

जाली रसिद बनाई ८० जना विद्यार्थीहरुको थेसिस बुझिएको घटना बाहिर आएको हप्ता दिन बित्न लाग्दा समेत ध्यान नदिएकोले क्याम्पस प्रशासन संग ५ बुंदे कारवाहीको माग राख्दै विद्यार्थी नेताहरुले विभिन्न नारा सहित धरणा दिएका हुन्। विद्यार्थी नेता सगीर अलिको नेतृत्वमा आज अपराह्न १२ बजेदेखि क्याम्पस परिसर भित्र धरणा दिइएको छ। स्नातक तह चौथो वर्षका ८० जना विद्यार्थीहरु संग फर्जी रसिद बनाई थेसिस बुझ्ने बहानामा लाखौ रकम उठाइएको विद्यार्थी युनियनको दावी रहेको छ।

Advertisement

१५ सयको दरले रसिद काटेको युनियनका नेता मो.सगीर अलिले बताउनु भयो। उहाँले,”एकजना संग १५ सयको दरले रसिद काटिएको छ। र अहिले ८० जनाको रसिद मात्रै फेला परेको छ,अझै कुन संकायको कति रसिद कटेको छ यकिन नै छैन”भन्नु भयो।

Advertisement

ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेशप्रसाद चौरसियाले क्याम्पसको रसिद छपाएर भर्ना भएको कुरा जानकारीमा आएको स्वीकार गर्नु भएको छ। चौरसियाले क्याम्पस प्रमुखको संयोजकत्वमा लेखा प्रमुख गुन्जन सिंह र परीक्षा शाखा प्रमुख मोहन यादव सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनु भयो। क्याम्पसको रसिद कसले र किन दुरुपयोग गर्‍याे भन्ने विषयमा समितिले छानबिन गरेपछि सत्यतथ्य जानकारी गराइने उहाँले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *