Categories समाचार

श्रोत नखुलेको भारतीय नोटसहित पक्राउ

विराटनगर । श्रोत नखुलेको भारतीय नोटसहित मोरङमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना नेपाली र दुई जना भारतीय रहेका छन् ।

गत चैत २८ गते साँझ साढे ४ बजे विराटनगर महानगरपालिका वडा नं. १५ स्थित सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई श्रोत नखुलेको भारतीय तीन लाख आठ हजार पाँच सय नगद सहित नियन्त्रण लिएको जिप्रका मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा भारत बिहारका ३७ वर्षीय अभिनास मुखिया र २९ वर्षीय विष्णुदेव मुखिया रहेका छन् । त्यस्तै सुनसरी वर्जु गाउँपालिका बस्ने ३८ वर्षीय को सुरज ऋषिदेव र ३८ वर्षीय शिवकुमारी ऋषिदेवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

श्रेष्ठका अनुसार उनीहरूलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *