Categories राजनीति समाचार

उम्मेदवारले राजीनामा दिने आचार संहिता कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको चुनावमा उठ्ने जनप्रतिनिधि उम्मेदवारले राजीनामा दिने आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै वैशाख ४ मा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

न्यायाधीशहरू तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने बुधबार आदेश जारी गरेको हो । निर्वाचन आयोगले सर्वोच्च अदालतले चैत ८ मा दिएको अल्पकालीन अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

Advertisement

यसअघि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आयोगले तयार गरेको आचार संहितामा राजीनामाको विषय यथावत् राख्न मंगलबार अल्पकालीन अन्तरिम आदेशसहित कारण पनि माग गरेको थियो।

Advertisement

आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *