बिरगंज । घर घर चली काङ्ग्रेस के जितइ अभियान कार्यक्रम अन्तर्गत नेपाली काङ्ग्रेस क्षेत्र -४ कार्यसमिति द्वारा बृहत् पार्टी प्रवेश कार्यक्रम को आयोजनामा तीन सय भन्दा बढी नेता कार्यकर्ताहरु जसपा एमाले लोसपा पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।
कालिकामाइ -२ भेडिहारी मा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपाको गा पा उपसन्योजक तथा पुर्व वडा अध्यक्ष उम्मेदवार राधा किसुन चौरसियाको नेतृत्वमा १७१ जना ,मुडली को राजेन्द्र प्र. चौरसीया तथा हरिन्द्र चौरसियाको नेतृत्वमा ८१ जना एवं विभिन्न पार्टी परित्याग गरि ५६ जना गरि जमा ३०८ जनाले सो कार्यक्रममा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।
सो पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभापती श्रीकान्त यादव , प्रमुख अतिथि केन्द्रिय सदस्य रमेश रिजाल , बिशिस्ट अतिथि केन्द्रिय सदस्य अजय कुमार चौरसीया, पर्सा जिला सभापती जनार्दन सिह क्षेत्री , मधेश प्रदेश सदस्य शंकर चौधरी ,सहसचिव नवीन सिंह , पोखरिया नगरपालिका का मेयर मन्टु रौनियार,पार्टी प्रवक्ता श्री रमेश पाण्डेय,प्रेम ब. थापा , दिपेन्द्र सिह,अजय पटेल, छठु साह, अशोक गुप्ता ,लगायत नेता कार्यकर्ता हर को साथै स्थानिय हरुको बाक्लो सहभागिता रहेको कार्यक्रम को सहजीकरण क्षेत्रीय सचीव बलिष्टर अहमद ,इमरान आलम ले गर्नु भएको थियो ।







