Categories समाचार समाज

नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा दोश्रो साधारण सभाको अवसरमा विभिन्न व्यक्ति तथा संस्था सम्मानित ।

Advertisement

बिरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको दोश्रो साधारण सभाको अवसरमा समाजिक क्षेत्रमा सेवा सहयोग गरेका विभिन्न संस्था एवं ब्यक्तित्वहरु लाई सम्मानित गरेको छ । बिरगंजको त्रीजुद्ध स्कुलमा आज भएको सो सभाको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्र राज कडेल एवम प्रमुख अतिथी जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद अन्सारी रहनु भएको थियो भने बिशिस्ट अतिथी नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेश का अध्यक्ष फुल महम्मद मिया , अतिथीहरु बिरगंज महानगरपालिकाका प्रशासकीय प्रमुख निश्चल राज पाण्डे , राष्ट्रिय भुमी ब्यवस्थापन समिती पर्साका अध्यक्ष तबरेज अहमद, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका , नेरेसो पर्साका उपाध्यक्ष मधु राणा लगायत रहनु भएको थियो ।

प्रमुख अतिथी अन्सारीले दिप प्रज्योलित गर्नुका साथै रेडक्रसका जन्मदाता जान हेनरी डयुनाको तस्वीरमा माल्यार्पण गरि सभाको उदघाटन सत्र को समुदघाटन गरेका थिए भने विशिष्ट अतिथी मियाले रेडक्रसको झण्डा फहराउनु भएको थियो ।

Advertisement

प्रमुख अतिथी अन्सारिले रेडक्रस विश्वमै मानवसेवाको एउटा उत्कृष्ट संस्था भएको र यसले नेपालमा गरेको अमुल्य सेवा प्रती मेरो मनमा सानै देखि अत्यधिक आकर्षण र सम्मान रहेको बताउदै नेपाल रेडक्रसको प्रेरणा ले नै आफू ले पनि समाज सेवा को क्षेत्रमा केही केही योगदान दिदै आएको र आगामी दिनहरुमा पनि नेपाल रेडक्रस एवं मानव सेवा मा अग्रसर रहने बताउनु भयो । मानव भएर जन्मे पछि दिन दुखी असहायहरुको सेवा सहयोग गरि मानवता लाई मजबुत पार्नु नै मानव को एकमात्र धर्म र कर्म हो भनी सम्पुर्ण लाई मानव सेवा गर्न आग्रह पनि गर्नु भयो ।

Advertisement

सो सभामा सामाजिक क्षेत्र एवं नेपाल रेडक्रस प्रती सेवा सहयोग गरेका विभिन्न संस्था एवं ब्यक्तित्व हरुलाइ सम्मानित पनि गरिएको थियो । नेपाल रेडक्रस मा आफ्नो जीवन अर्पण गरेका मधेस प्रदेश अध्यक्ष फुल महम्मद मिया लाई ” भुपेन्द्र लाल स्मृति सेवा पुरस्कार ” प्रदान गरिएको थियो भने ” स्व. तारा शमशेर स्मृति पुरस्कार” नेरेसो धोबिनी उपशाखा का तबरेज अहमद एवं पर्सा बारा रौतहट लगायत देश कै दिन दुखी असहाय को सेवा मा समर्पित युवा समाजसेवी बिक्की सरार्फलाई जनही नगद ५००१ एवं कदर पत्र को साथै दोसल्ला ओढाइ सम्मान गरेको थियो ।

सम्मान कै क्रममा बिरगंज रक्तसञ्चार केन्द्र निर्माणको लागि जग्गा को साथै २५ लाख नगद सहयोग गर्ने बिरगंज महानगरपालिका संस्था लाई आभार प्रकट गर्दै कदर पत्र प्रदान , बढी रक्त युनिट प्रदान गर्ने रेडियो बिरगंज , बढी पटक रक्तदान गराउने सामुदायिक प्रहरी छपकैया , बढी महिला रक्तदान गर्ने हिमालयन ईन्स्टिच्युट लाई कदर पत्र को साथै माया को चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी पर्सा का उत्कृष्ट उपशाखा – पोखरिया उपशाखा लाई नगद ५००१, महिला सदस्य अभिबृद्धी गर्ने उपशाखा – रेशमकोठी उपशाखा लाई नगद ३००१ , बढी रक्तदान गर्ने उपशाखा – पोखरिया उपशाखा लाई नगद ३००१ सहित कदर पत्र, माया को चिनो दियेर सम्मान गरिएको थियो ।
सो सभा मा पर्सा मन्त्री शैलेन्द्र चौरसिया ले आर्थिक बर्ष को प्रगती बिवरण को साथै आगामी बर्ष को प्रस्तावित कार्ययोजना एवं कोषाध्यक्ष महन्त यादव ले आर्थिक प्रतिवेदन वाचन गरि पेश गरेको सो सभा मा स्वागत मन्तव्य एवं रेडक्रस को सात सिद्धान्त वाचन उपसभापति मधु राणा ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन जिल्ला सदस्य शिवनाथ साहले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *