वीरगञ्ज । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पटेर्वासुगौली गाउँपालिकाका आदेश पटेल पक्राउ परेका छन् ।
पर्सा जिल्लाको पटेर्वासुगौली-४ बस्ने वर्ष २२ का पटेलले एक १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घरनजिकको गोठमा दाउरा लिन पुगेको समयमा जबरजस्ती करणीको उद्योग गर्दा निज बालिकाको हारगुहार पश्चात डर त्रासका कारण भागेका पटेललाई प्रहरी पक्राउ गरेको जनाएको छ ।
पीडितको बालिकाका अभिभावकको जाहेरी दरखास्तको आधारमा खोजतलासको लागि खटिएको प्रहरी टोलीले पटेललाई नियन्त्रणमा लिई जबरजस्ती करणी उद्योग कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।







