रातोपानाकर्मी
पर्सा । वीरगन्ज स्थीत प्रदेशकै सबभन्दा ठूलो न्युरो सेन्टर नेशनल मेडिकल कलेज एण्ड टिचिंग हस्पिटलमा फेरि दुई विरामीको सफल शल्यक्रिया गरिएको छ। आधुनिक तरिकाले ब्रेन तथा स्पाइनको उपचार गर्दै आएको यस हस्पिटलले छुटा छुट्टै दुई उमेर समुहका विरामीको सफल शल्यक्रिया गरि चर्चामा आएको छ।
कुनै पनी जटिल समस्याको उपचारको लागी बाहिर धाईरहने परिपाटीलाई अन्त गर्दै प्रदेश नम्बर २ मै कम लागतमा सफल उपचार हुन थालेपछी स्थानीय लगायत बाहिरका विरामीहरूलाई सहज भएको छ।
सर्लाही जिल्ला घर भएको ८ वर्षका सियानन्दन रायको टाउको को पछाडि पट्टी ठुलो ट्युमर जस्ले गर्दा मरिजमा दिनहु बान्ता हुने, टाउको दुख्ने, औषधीले पनि दुखाइ कम नहुने, हिडडुल गर्दा समेत समस्या थियो ।

नेशनल मेडिकल कालेजका वरिष्ठ डा. सफरोज अंसारी र उनका सहयोगी ( डा. मसउद र डा. आदित्य ) लगायत न्युरो सर्जरी टिम द्वारा शल्यक्रिया गरिएको हो। शल्यक्रिया पश्चात् बच्चा अहिले आफै हिडडुल गर्न सक्ने तथा बाकी समस्याहरु ठिक भएको जनाईएको छ।
त्यस्तै अर्को एक ६५ वर्षिय मोहनराज उपाध्यायको दिमागको बायाँ भागमा ट्युमर थियो । जस्ले गर्दा उपाध्याय बोल्न नसक्ने , मान्छे नचिन्ने, बान्ता हुने, चम्कि आउने जस्ता गम्भीर समस्याहरु साम्ना गर्थे ।

डा. अंसारीको टिमद्वारा सफल शल्यक्रिया पश्चात् शल्यक्रिया गरेको दुई दिन नबित्दै उपाध्याय बोल्नथाल्नुभयो, मान्छे चिन्न थाल्नुभयो र अरु लक्ष्णहरु पनी हराएको वरिष्ठ डा. अंसारीले बताउनु भयो । अहिले उनी आफ्नो समान्य जिवनशैलीमा फर्किसकेको समेत थप्नु भयो।
विरामी द्वयका आफन्तहरुका अनुसार शल्यक्रिया पश्चात् दुई दिनमै विरामी निको भएको देखेर खुसी लागेको र यस्तो नतिजा काठमाडौंमा समेत नदेखेको भन्दै डाक्टर टिमलाई धन्यवाद व्यक्त गरे ।

प्रदेश नं २ को एक मात्र ठुलो नेशनल मेडिकल कलेज एण्ड टिचिंग हस्पिटल र न्युरो सेन्टर जाहाँ ब्रेन र स्पाईन सम्बन्धी सबै किसिमको शल्यक्रिया गरिन्छ। पछिल्लो दिनहरूमा काठ्माण्डौं समेतमा विरलै हुने शल्यक्रियाहरू यस हस्पिटलले गरी कैयौको जान जोगाईएको न्यरो सर्जन डाक्टर अंसारीले दावी गर्नुहुन्छ।
वरिष्ठ तथा दक्छ न्युरो सर्जनको टिम द्वारा शल्यक्रिया गर्ने भएकोले आफ्नै ठाउमा सस्तो, शुल्भ र भरपर्दो उपचार दिरहेको समेत डा. अंसारी बताउनुहुन्छ।
