Categories राजनीति समाचार

बहुदरमाईमा एमालेको तर्फबाट प्रमुख तथा उपप्रमुख सिफारिस

Advertisement

वीरगन्ज । आसन्न स्थानिय निर्वाचनमा बहुदरमाई नगरपालिका नेकपा एमाले को तर्फबाट नगरप्रमुख मा शिव पटेल र उप-प्रमुख मा सुश्मा कुशवाहा लाई उमेदवार बनाउन सिफारिस गरिएको छ।
नेकपा एमाले बहुदरमाई नगर कमिटी को आज बहुदरमाई नपा-२ पिपरामा बसेको बैठक बाट निर्णय भएको हो।

नेकपा एमाले का केन्द्रिय सदस्य एवम पर्सा जिल्ला का सह इन्चार्ज राजकुमार गुप्ताको प्रमुख आतिथ्य एवम बहुदरमाइ नगर कमिटी का अध्यक्ष प्रमोद कुशवाहा को अध्यक्षता आज सम्पन बैठक ले सो उम्मेद्बारी चयन गरि पार्टी को जिल्ला कमिटी मा सिफारिस गरिएको नेकपा एमाले बहुदरमाइ नगर कमिटी का सचीव सुरेन्द्र यादव ले बताउनु भयो।

Advertisement

बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तेजप्रकाश निशाद,पर्सा का उपाध्यक्ष फरमान अन्सारी, सचिव मनोज गुप्ता सह-सचीव सन्जिव मिश्रा जिल्ला कमिटी सदस्य ध्रुब साह, केदार तिवारी, पुरन प्रसाद कुर्मी,रामबाबू साह, सुनिल कुशवाहा, लगायत नगर कमिटि का सम्पुर्ण पदाधिकारी एवम सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *