Rato Pana
समाचार

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति नियन्त्रणमा

पर्सा । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

यहि महिनाको २६ गते अन्दाजी १३:०० बजे ६ वर्षीया बालिकालाई जबरजस्ती गरेको भन्दै ५५ वर्षका एकजना पक्राउ परेका छन ।

जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.५ हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ५५ का पलट चौधरीले पीडित बालिका खेल्न आएको मौका छोपी आफू बस्ने गरेको घरको कोठाभित्र लगी बालिकालाई जबरजस्ती करणी गरेको भन्ने व्यहोराको मिति २०७९।०१।०२ गते पीडित बालिकाको अभिभावकले दिएको जाहेरी दरखास्तको आधारमा चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

निज पलट चौधरीलाई ०२ गते ११:०० बजे निजकै घरबाट नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्वन्धित समाचार

Leave a Comment