श्याम सरार्फ
वीरगञ्ज । जसपाले वीरगञ्ज महानगरपालीका वडा नम्बर ३ मा घरदैलो कार्यक्रमलाइ निरन्तरता दिएको छ ।
गत निर्वाचनमा निर्वाचित वडा अध्यक्ष बैजुलाल स्वर्णकारको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा जनताले यस पटक पुन: बैजुलाल लाई नै वडा अध्यक्षमा निर्वाचित गर्ने मनसाय बनाएको स्थानीय नेताहरुको बुझाइ रहेको छ ।

महानगरको बोर्डमा अल्पमत रहे पनि स्वर्णकारले उदाहरणीय कार्य गरेर देखाउनु भएको नगरवासी बताउछन् । जनताको विश्वास जित्न सफल हुनुभएको र जनताले स्वर्णकार जस्तै जनप्रतिनिधी हुनुपर्ने बताए । स्वर्णकारको नेतृत्वमा जनता समाजवादी पार्टी नेपालले वडा न. मा राम्रो मत ल्याउने नेता राजेशमान सिंहको विश्वास रहेको छ ।

नेता सिंहले भने “वीरगञ्ज महानगरका अन्य वडाहरूमा पनि बैजूजी जस्तै उम्मेद्वारहरुलाई अवसर दिने सोच बनाएका छौँ । हाम्रा उम्मेद्वारहरू माटोसँग जोडिएका हुन्छन्, जनताको समस्यालाई बुझ्ने हुन्छन । जनताको सेवक बनेर काम गर्छन् र वडाको नेतृत्व गर्ने क्षमता राख्छन्।”

वडा न. ३ मा वडा अध्यक्ष प्रत्यासीका रुपमा कांग्रेसबाट अनवर हुसेन रहेका छन भने नेकपा एमाले बाट को लडने नाम सार्वजनिक भइसकेको छैन।






