Categories समाचार

महानगरपालिकाको मतपत्र छपाइ अन्तिममा

काठमाडौं । निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र अन्तिममा छपाइ गर्ने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा छपाइ भइरहेका मतपत्रमध्ये धेरै उम्मेदवार भएको ६ महानगरमा वैशाखको दोस्रो साताबाट मतपत्र छपाइ हुने भएको हो। काठमाडौँ, पोखराको लेखनाथ, ललितपुर, भरतपुर, वीरजंग र विराटनगर महानगरपालिकाको मतपत्र छपाइ सुरु भएको छैन।

जनसङ्ख्या बढी भएका ती महानगरपालिकाहरूको उम्मेदवार मनोनयनपछि  मात्र मतपत्र छपाइ गर्ने तयारी निर्वाचन आयोगको छ। आयोगले मतपत्रको डिजाइन गरेपछि मात्रै जनक शिक्षालाई छपाइ अनुमति दिने गरेको छ। सोही आधारमा पछिल्लो समय मधेस प्रदेशको मतपत्र छपाइ सुरु भइरहेको छ। 

Advertisement

आयोगको प्रक्षेपणअनुसार वैशाख २० गते अघि नै मतपत्र छपाइ सकेर महानगरपालिकाहरूको लागि ढुवानी सुरु हुनेछ। पहाडी तथा हिमाली जिल्ला समेटिएको सबै प्रदेशको मतपत्र छपाइ भइसकेको छ। स्रोतका अनुसार सुदूरपश्चिम, मध्यपश्चिम, गण्डकी, लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशका अधिकांश जिल्लाको मतपत्र छपाइ भइसकेको छ।

Advertisement

आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *