Categories समाचार

आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गर्दै

काठमाडौं । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ। साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ।

दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिएभन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दुःख पाएको गुनासाहरू आएको बताएको छ।

Advertisement

आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटना पनि धेरै देखिएको दूतावासको भनाइ छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेन्टको भूमिकालाई गैरकानुनी मानेको भए पनि पछिल्लो समय समूह नै बनाएर युवासँग ठूलो रकम असुलेको पाइएको छ।

Advertisement

साउदी जाने युवामा ठगीका घटना बढ्न थालेपछि दूतावासले एजेन्टको पछि नलाग्न अनुरोध गर्दै राम्रा म्यानपावर कम्पनीमार्फत प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। यसैगरी साउदीमा काम गरी स्वदेश फर्केका वा कम्पनीमा काम गरिरहेका साथीभाइसँग कुरा बुझेर मात्र आउन र कम्पनीको नाम, काम र स्थान बुझेर जान अनुरोध गरिएको छ।

आजको कारोबार दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *