Categories अर्थ समाचार

६२ लाखभन्दा बढी मूल्यको सामान नियन्त्रणमा

Advertisement

वीरगञ्ज । सशस्त्र प्रहरीले ट्रकसहित ६२ लाखभन्दा बढी मूल्यको राजस्व छलिको सामान नियन्त्रणमा लिएको छ ।

वीरगञ्जको गण्डकबाट सशस्त्र प्रहरीले ६२ लाख ५६ हजार भन्दा बढी मूल्यको राजस्व छली भित्र्याइएको सामान सहितको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रहरीले वीरगञ्ज-१४ गण्डकबाट अवैध रुपमा राजस्व छली भित्र्याइएको सामान वीरगञ्जबाट काठमाडौं तर्फ लैजान लागेको अवस्थामा प्रज्ञापन पत्र भन्दा बढीको सामान बोकेको ना ६ ख ४४७४ नम्बरको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले बताए ।

Advertisement

ट्रकबाट ४२ लाख ५६ हजार १ सय २९ रुपैयाँ बराबरको प्रज्ञापन पत्र विनाको मोबिल, भारतीय कपडा र खुद्रा सामान र २० लाख मूल्य बराबरको ट्रक गरी ६२ लाख ५६ हजार १ सय २९ रुपैयाँ मूल्याङ्कन गरेर थप कारबाहीका लागि ट्रकलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उपरीक्षक पोखरेलले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *