Categories अर्थ समाचार

रु ४०० ले घट्यो सुनको मूल्य

Advertisement

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो ।

Advertisement

त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला रु एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *