Categories समाचार

प्यारालाइसिसको बहाना बनाई अस्पतालबाट फरार थुनुवा पक्राउ

Advertisement

काठमाडौं। प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका थुनुवा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ कुञ्‍चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले प्यारालाइसिस भएको भन्ने बहाना बनाई वीर अस्पतालमा भर्ना भई उपचारत रहेको अवस्थामा गत चैत २९ गते राति अस्पतालबाट भागी फरार भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका-१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो । 

Advertisement

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *