Categories हाइलाइट-समाचार

लोसपा वरिष्ठ नेता महतोको फेसबुक ह्याक

Advertisement

काठमाडौं । लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ।

आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिएको महतोले बताए। मेरो टिमले फेसबुक चलाउँछ, कसरी ह्याक भएछ। कसले के लेखिदिएछ,’ उनले भने, ‘यसबारे म बुझ्दैछु। आवश्यक परे कानूनी प्रक्रियामा पनि जानुपर्ने हुन्छ।’

Advertisement

फेसबुक ह्याक गरेर सुनियोजित रुपमा कसैले अनावश्यक कुरा लेखेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको उनले बताए।
‘यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु, यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु,’ उनले भनेका छन्।

Advertisement

उनको फेसबुकमा लोसपाबाट विश्राम लिएको लेखिएको थियो। उक्त कुरामा विश्वास नगर्न पनि महतोले उल्लेख गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *