वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने भएका छन् ।
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दुवै पार्टीले मेयरदेखि वडास्तरसम्म गठबन्धन गरेर चुनाव लड्ने जनाएका छन् । गठबन्धन गर्दा मेयर एमालेलाई र उपमेयर लोसपालाई दिने सहमति भएको दुवै पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
“महानगरवासीको हरेक दु:ख र सुखमा सहभागी हुँदै आएका यी दुई पार्टीले सथानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखमा एमाले र उप-प्रमुखमा लोसपा नेपालको नेतृत्व रहने छ । वडाको सम्बन्धमा आपसी सम्झदारीमा उम्मेदवार टी गरिने छ,” जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
समृद्ध वीरगञ्जको सपनालाई साकार पार्न र वीरगञ्जवासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्न उद्देश्यले गठबन्धन गरिएको दुवै पार्टीको भनाई छ ।
तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।







