Categories समाचार

महिलालाई कोठीमा बेच्ने मुद्दाका फरार प्रतिवादी ५७ वर्षिय थापा पक्राउ

Advertisement

पर्सा । जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी उदयपुर कटारी नगरपालिका-३ बस्ने पर्सा साविक ठोरी गाबिस-९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

२०४६ भदौ १८ गते २ जना महिलालाई भारत मुम्बईको कोठीमा लगी बिक्री गरेको घटनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते उक्त मुद्दामा १० वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका-३ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

Advertisement

उनलाई फैसला कार्यान्वयनको लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *