Categories समाचार

उम्मेदवारी दर्ता गर्दा यी कागजात चाहिने, कति लाग्छ धरौटी रकम ?

Advertisement

पर्सा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारी दर्ता भइरहेको छ।  यो क्रम सोमबार पनि जारी रहनेछ । 

उम्मेदवारी दर्ताका लागि वडा सदस्यमा ५००, वडाध्यक्षमा १ हजार र अध्यक्ष–उपाध्यक्ष वा मेयर–उपमेयरमा १ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ । निर्वाचन आयोगले यस्तो धरौटी महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुने जनाएको छ । 

Advertisement

उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगदी रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको मतदाता भएको प्रमाण देखाउनु पर्ने आयोगले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *