वीरगञ्ज। नेकपा एमाले पर्सा का जिल्ला सचिवालय सदस्य एवं प्रजातांत्रिक आन्दोलन का अगुवा सुदिप लामा आज जसपामा प्रवेश गरेका छ्न् ।
लामा सहित तिनका समर्थकलाई जनता समाजवादी पार्टी नेपालमा टिका र गम्छा ओढाई पार्टी प्रवेश गराइएको हो ।
कार्यक्रममा पर्सा क्षेत्र नं. १ का संघिय सांसद प्रदिप यादव, युवा नेता तथा वीरगञ्ज महानगर मेयरका प्रत्यासी राजेशमान सिंह, मुकेश द्धिवेदी लगायतका नेताहरुको उपस्थिती रहेको थियोे ।
स्थानीय तह निर्वाचनको समय नजिकिँदै जादा पार्टी हेरफेर गर्ने क्रम पनि बढेको छ । एउटा पार्टीको जिम्मेवार पद वहन गर्दा गर्दै चुनावको मुखमा विभिन्न कारण देखाउदै अर्को पार्टी प्रवेश गरिरहेको देखिएको छ ।







