Categories Uncategorized

काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश ।

Advertisement

बिरगंज । नेपाली काङ्ग्रेसबाट निर्वाचित बहुदरमाई नगरपालिका वडा न. ३ का वडा अध्यक्ष दिनेश प्रसाद यादव आज नेकपा एमालेमा प्रवेश गरेका छ्न। 

नेकपा एमाले बहुदरमाई नगर कमिटिले आज बिरगंजमा आयोजना गरेको एक कार्यक्रमका बिच नेकपा एमालेका केन्द्रिय सदस्य एवम संविधान सभा सदस्य राजकुमार गुप्ताले वडा अध्यक्ष यादव , वडा सदस्य सामसा खातुन, सरिफ मिया ,राजकुमार रौनियार ,प्रभु यादव,हृदयनरायणलाई गमछा ओढाई ,अबिरको टिका लगाई पार्टी प्रवेश गराएका हुन। 
       

Advertisement

कार्यक्रममा नेकपा एमाले पर्साका सह- सचीव संजिव मिश्रा , जिल्ला कमिटि सदस्य पुरन कुर्मी, नेकपा एमालेका नेता  शिव पटेल, प्रमोद कुशवाहा, बहुदरमाई नगरपालिकाका  कृष्णा यादव लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

Advertisement

त्यस्तै धिरेन्द्र चौरसियाको नेतृत्वमा बिन्द्वासिनी गा पा बाट निर्बाचित कार्यपालिका सदस्य नेतृ रुवाबजा खातुन, वोकिल देवान ,रामशिश चौरसिया,जितेन्द्र चौरसिया,नितेन्द्र चौरसिया,अदेश साह लगायत दर्जनौं नेता कार्यकर्ता हरु नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *