Categories हाइलाइट-समाचार

भन्सार छली ल्याएको खुद्रा मालसमानहरू लोड रहेका ट्रक नियन्त्रणमा

पर्सा । भन्सार छली ल्याएको खुद्रा मालसमानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

बिल विजक भन्दा बढी बिभिन्न किसिमका मसाला, लत्ताकपडाहरू तथा हार्डवेयरका लगायतका मालवस्तुहरू राजश्व छली पैठारी गरी जनकपुरतर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement

सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले हिजो (शनिबार ) अंदाजी ०१;३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० घण्टाघर सडकखण्डमा बा.२ ख ३४३५ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर लगायतका मालबस्तुहरू फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइएको थियो ।

Advertisement

रू. ३०,००,०००।- ( तिस लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज (आइतबार ) राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *