Categories समाचार

गुट्खालगायत सुर्तीजन्य पदार्थ खरिद र रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च

काठमाडौं । चुरोट, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च भएको पाइएको छ। नेपाल विकास अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धानले त्यस्तो तथ्य बाहिर ल्याएको हो।

परिषद्ले नेपालमा चुरोटको अवैधानिक व्यापार’ शीर्षकमा गरेको एक अनुसन्धानपछि सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालले सुर्तीजन्य पदार्थका कारण बेहोर्नुपरेको आर्थिक घाटाबारे जानकारी दिइएको छ। परिषद्ले सन् २०२० मा गरेको सो अध्ययनले सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगका उपचारमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वार्षिक ४० अर्ब खर्च हुने निष्कर्ष निकालेको हो।

Advertisement

परिषद्का अनुसार सुर्तीजन्य पदार्थ खरिद गर्दा लाग्ने खर्च, सुर्तीजन्य पदार्थको सेवनपछि लाग्ने दम, मुटुजन्य रोग र क्यान्सर रोगको उपचारमा लाग्ने खर्च र सुर्तीजन्य पदार्थले रोगी बनेपछि उत्पादनमा लाग्न नसक्दा हुने घाटासहितको खर्च हिसाब गर्दा वार्षिक ४० अर्ब रुपैयाँ क्षति हुने गरेको देखिएको हो ।

Advertisement

यो खर्च कुल गार्हस्थ्य उत्पादनको १.०४ प्रतिशत आर्थिक क्षति हो। धुवाँरहित सुर्तीजन्य पदार्थको लागत जोड्ने हो भने खर्च अझ थपिने परिषद्ले जनाएको छ।

आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *