Categories राजनीति समाचार

वीरगन्ज महानगर वडा न. ३ को वडा अध्यक्षमा स्वर्णकार पुनः उमेदवार

Advertisement

वीरगञ्ज । जसपाबाट वीरगञ्ज महानगरपालीका वडा नम्बर ३ को वडा अध्यक्षका लागि बैजुलाल स्वर्णकारले पुनः मनोनयन दर्ता गराएका छन ।

गत निर्वाचनमा निर्वाचित वडा अध्यक्ष बैजुलाल स्वर्णकारको नेतृत्वमा पुन: मनोनयन दर्ता गराइएको छ।

Advertisement

महानगरको बोर्डमा अल्पमत रहे पनि स्वर्णकारले उदाहरणीय  कार्य गरेर देखाउनु भएको नगरवासी बताउछन् । जनताको विश्वास जित्न सफल हुनुभएको र जनताले स्वर्णकार जस्तै जनप्रतिनिधी हुनुपर्ने बताए । स्वर्णकारको नेतृत्वमा जनता समाजवादी पार्टी नेपालले वडा न. ३ मा राम्रो मत ल्याउने नेता राजेशमान सिंहको विश्वास रहेको छ ।

Advertisement

नेता सिंहले भने “वीरगञ्ज महानगरका अन्य वडाहरूमा पनि बैजूजी जस्तै उम्मेद्वारहरुलाई अवसर दिएका छौँ । हाम्रा उम्मेद्वारहरू माटोसँग जोडिएका हुन्छन्, जनताको समस्यालाई बुझ्ने हुन्छन । जनताको सेवक बनेर काम गर्छन् र वडाको नेतृत्व गर्ने क्षमता राख्छन्।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *