वीरगञ्ज । जसपाबाट वीरगञ्ज महानगरपालीका वडा नम्बर ७ मा वडा अध्यक्षको लागि दीपक महतो धानुकले मनोनयन दर्ता गराएका छन ।
धानुक को नेतृत्वमा जनता समाजवादी पार्टी नेपालले वडा न. ७ मा राम्रो मत ल्याउने नेता राजेशमान सिंहको विश्वास रहेको छ ।
नेता सिंहले भने “वीरगञ्ज महानगरका अन्य वडाहरूमा पनि कर्मठ र समाजका लागि खट्ने उम्मेद्वारहरुलाई अवसर दिएका छौँ । हाम्रा उम्मेद्वारहरू माटोसँग जोडिएका हुन्छन्, जनताको समस्यालाई बुझ्ने हुन्छन । जनताको सेवक बनेर काम गर्छन् र वडाको नेतृत्व गर्ने क्षमता राख्छन्।”
जसपा को तर्फबाट वडा न. ७ मा सदस्य पदमा शिवजि साह, दिपेन्द्र कुमार साह, महिला सदस्य सुनिता देवी तुरहा, दलित सदस्य राजकुमारि चमइन ले मनोनयन दर्ता गराएका छन ।







