Categories समाचार

उम्मेदवारहरुमाथि परेको उजुरीमाथि आज र भोलि छानविन हुने।

Advertisement

काठमाडौं । आईतबार र सोमबार मनोनयन दर्ता गरेका स्थानीय तहका उम्मेदवाहरु मनोनयन गरेकाबिरुद्ध उजुरी गर्ने समय मंगलबार दिनभरी दिइएको थियो ।

उम्मेदवारी दिएको केहीबिरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । उक्त उजुरीमाथि आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।

Advertisement

‘प्राप्त उजुरीमाथि बुधबार र बिहीबार जाँचबुझ गर्दैछौँ। पर्सी निर्णय हुन्छ‚’ आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले भने ।

Advertisement

त्यस्तै बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी भइरहेको र शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

त्यस्तैगरी शनिबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख र सदस्यहरु गरि ३५ हजार २ सय २१ पदका लागि निर्वाचन हुनेछ ।

उक्त पदहरुका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको परेको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *