Categories समाचार

उम्मेदवारको मृत्यु पछि निर्वाचनका सबै कार्यक्रम रोकियो ।

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देन लिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको छ ।

मोरङको केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको नेपाली कांग्रेसका ३८ वर्षीय लिङ्देनलिम्बूको आज मृत्यु भएपछि निर्वाचनको सबै काम रोकिएको पालिका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिए।

Advertisement

निर्वाचन आयोगबाट आउने निर्देशनपछि पुनः निर्वाचनको कार्यक्रम अघि बढ्ने उहाँले स्पष्ट पारे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *