Categories राजनीति समाचार

जसपाको चुनावी सम्पर्क कार्यालय उद्धघाटन

Advertisement

पर्सा। जनता समाजवादी पार्टी नेपाल,पर्साले चुनावी सम्पर्क कार्यालयको उद्धघाटन सम्पन्न गरेको छ। स्थानीय तह निर्वाचन २०७९ नजिकिदै गर्दा चुनावी मैदानमा आफ्नो प्रदर्शन बारे जानकारी साटासाट गर्ने उदेश्यले आज बिहान एक कार्यक्रममा चुनावी सम्पर्क कार्यालय उद्धघाटन गरिएको जसपा पर्साका जिल्ला सचिव एवं स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति संयोजक तबरेज अहमदले जानकारी दिनुभयो।

पर्साको पर्सागढ़ी नगरपालिका स्थित चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको उहाँले बताउनु भयो। स्थानीय तह निर्वाचनमा पर्सागढ़ी नगरपालिका कार्यसमितिले निर्वाह गर्ने भूमिका,जिम्मेवारी र रणनिति बारे छलफल तथा समिक्षा गर्न चुनावी सम्पर्क कार्यालय संचालनमा ल्याइए पछि त्याहाँ स्थित कार्यकर्ताहरु खुशी व्यक्त गरेको समेत अहमदले थप्नु भयो।

Advertisement

पर्सागढ़ीको वडा नम्बर ३ बढ्नियार बजारमा स्थापना भएको चुनावी सम्पर्क कार्यालयलाई जसपा पर्सा अध्यक्ष रामनरेश यादवले उद्धघाटन गर्नु भएको हो। पर्सागढ़ी नगरपालिकाका जसपा नगर अध्यक्ष शेख खुर्सेद, मेयर उमेदवार सुरज मानन्धर लगयात स्थानीय नेताकार्यकर्ताहरुको उल्लेखनीय उपस्तिथी रहेको जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनु भयो। 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *