Categories राजनीति समाचार

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा चौतर्फी  भिडन्त हुने सम्भावना ।

श्याम सरार्फ

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ को वडाअध्यक्षमा चौतर्फी भिडन्त हुने देखिएको छ । 

Advertisement

नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोसपा बाट कडा प्रतिस्पर्धा हुने देखिएको हो । निवर्तमान वडाअध्यक्ष नेपाली कांग्रेसका दशरथ पटेलसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेबाट बिजय पटेल, जसपाबाट रामानन्द पटेल र लोसपाबाट शिवशंकर दिवेद्धी बिच रोचक लडाइ हुने आंकलन गरिएको छ । 

Advertisement

स्थानीय तह निर्वाचनको समय तोकिए संगै गाउँ घर , शहर बजारको हरेक चोकमा चर्चा हुने बिषय नै चुनाव हो झन स्थानीय तहको निर्वाचन भनेपछि  आफ्नै वडावासी  जो बिभिन्न राजनीतिक पार्टीको प्रतिनिधि बनी सिंह दरबारको  सेवा सुबिधा आफ्नो ठाउँ सम्म ल्याउन प्रतिबद्धता जनाउँदै  जनप्रतिनिधि बन्न रसाकस्सि गरिरहेका हुन्छन् र यस  बिषयमा चर्चा हुनुपनी स्वभाविक नै हो ।

कुल मतदाता संख्या ३०९२ रहेको वडा न २४ मा रानिघाट पुल पश्चिम पट्टीको नँया बस्ती र साबिकको दुई गाउँ रामगढवा बहुवरी रहेको छ । मतदाता रिझाउन उमेदवारहरु आ आफ्नो उपाय लगाउदै दलबल सहित   घरदैलोमा व्यस्त देखिन्छन । चारै उमेदवार आफु भारी मत ले जित्ने विश्वस्त रहेको बताउछन् ।

गत निर्वाचनमा ११ मत ले पराजित भएका बिजय पटेल अहिले नेकपा एमाले प्रवेश गरेका छन । २४ नं वडामा एउटा पनि सार्वजनिक सौचालय नरहेपनि आफ्नो वडा दिशामुक्त क्षेत्र घोषणा भएको देख्दा आश्चर्य लागेको बताउँछन् । वडामा रहेको सरकारी स्कुलको स्तर दिनप्रति दिन खस्किदै गइरहेको र शिक्षाको सवालमा निवर्तमान वडा अध्यक्षले कोही वुद्धिजिवि संग कहिलेपनि सहकार्य  समेत नगरेको नेता पटेलले आरोप लगाए । 

रातोपाना कर्मीसंग कुरा गर्दै “आफु निर्वाचित भएपछि  शिक्षा, स्वास्थ र समाजिक जनचेतना बढाउन र आफु निर्वाचित भएपछि जन्मदर्ता, मृत्युदर्ता लगायतको सरकारी दस्तुर समेत निशुल्क गरि ३२ ओटै वडा मध्ये नमुना वडा बनाउने नेकपा एमालेबाट वडाअध्यक्षका आकांक्षी पटेल ले बताए ।

त्यस्तै जसपा का उम्मेदवार रामानन्द पटेल ले गत निर्वाचनमा निर्वाचित वडा अध्यक्षले वडामा बिकाश गर्नु भन्दा पनि व्यक्तिगत बिकाश गर्न भ्याउनु भएको आरोप लगाए । वडा कार्यालयमा समय नदिएको कारण सेवाग्राहीलाई समस्या हुने र फोन समेत नउठाइदिने जस्ता कार्य ले एक दिनको काम कयौं दिन लाग्ने पटेल ले थप्नु भयो । महानगर जस्तै वडा कार्यालयमा बिना कमिसन सिन्को समेत नभाच्ने जस्ता गलत प्रवृत्ति बिरुद्ध आफ्नो उमेदवारी रहेको पटेलले बताउनु भयो ।

तर निवर्तमान वडा अध्यक्ष पटेल ले भने यी आरोपको खण्डन गरेका छन् । पटेलले पनि आफुलाई बलियो उम्मेदवार मान्दै आफुले ५ वर्षमा धेरै बिकास गरेको र फेरी पनि आफुलाई वडाबासीले जिताउने दावी गरेका छन् । उनी पनि बिहानैदेखि मतदातालाई खुशी पार्न घर घर पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *